कविता – म शहीद

+
-

म शहीद

– टेकराज अवस्थी

म शहीद क बहादुर
परिस्थितिको आडमा मुला काटेझै मान्छे पनि काटेको छु
निर्दोषका घर त कति जलाईयो जलाईयो
व्यवस्था परिवर्तनसँगै सिद्धान्त पनि परिवर्तन गरे
सिद्धान्तसँगै पेसा पनि
पहिले स–साना बाट सानै उठाय
पछि ठूलाहरुबाट प्रतिशत कै आधार लिय
दिन सधैँ एउटैका कहाँ हुँदारहेछन् र ?
अलि बलियोको आक्रमणमा परेर देह त्याग गरे
मैले जुन जोड उहाँलाई चुनाव जिताउन गरेको थिएँ
त्यो भन्दा बढी उहाँले संसदमा बोल्नुभयो
ठप्पै पारी दिनु भो संसद
सरकारले बाध्य भएर शहीद घोषणा गर्‍यो
अनि तपार्इं को ?

म धर्मभक्त माथेमा
अ मैले सात कक्षाको सामाजिक शिक्षामा
तपाईको नाम देखेको थिएँ
एउटै पार्टीमा रहेछौ भेटौँला नि ।

म शहीद ख राज
उन्मुक्त जवानी थियो
त्यो दिन अलिअलि सोमरस पनि लिएकै हो
आखाँ अगाडि एउटा युवती परेपछि
बेहोसिमै जाईलागे उनीमाथि
आफ्नो अस्मिता बचाउन युवतीले
एक थान ढुङ्गा टाउको मै बजारिन
र सोही ठाउँ मै देह त्याग गरे
तर कमजोर थिएन पार्टिमा म
र कमि गरेको थिएन दामको पनि
त्यहि गुन सम्झिएर पार्टीले
सरकारलाई आग्रह गर्‍यो शहीद घोषणा गरिदियो
अनि तपाई ?

म गंगालाल श्रेष्ठ
कता सुने जस्तै लाग्छ तपाईको नाम
एउटै पार्टीमा रहेछौ भेटौँला नि

म शहीद ग नाथ
पार्टी सरकार बाट भर्खर बाहिरिएको थियो
बल्ल बल्ल पाएको सरकार गुमाउनुको
पीडा नहुने
कुरै भएन
उर्दी जारी भयो केन्द्रीय समितिबाट
सहरमा जतिसक्दो मान्छे उतार्ने र कब्जा
गर्ने शहर
मैले पनि आज्ञा पालन गरे एक सय बस
खचाखच
मान्छे भरेर लागे शहर तिर
अपसोच सहर पुग्नै पायन बस
अत्याधिक चापका कारण दुर्घटना भयो
म लगायत केही साथीहरुले देहत्याग गर्‍यौँ
पार्टीले उच्च मुल्याङ्कन गर्‍यो हाम्रो
सरकार गयपछि पहिलो बैठक बाटै शहीद धोषणा गरिदियो
अनि तपाई ?

म दशरथ चन्द्र
ए ए १६ माघमा विदा हुने सायद तपाईं कै
नाममा हो
एउटै पार्टीमा रहेछौ भेट्दै गरौँला ।

म शहीद घ लाल
मजदुर संगठनको नेता थिए
पार्टीलाई आन्दोलन गर्दा आमसभा गर्दा
सारा मजदुर उतार्ने काम मेरै हुन्थ्यो
एकदिन कारखाना भित्रै
विपक्षी संगठनसँग झगडा हुँदा
धारिलो हतियार प्रयोग भई देह त्याग गरे
देशभरिका मजदुर साथीहरुले आन्दोलन गरे
ठप्प पारिदिय देश
त्यसबेला पार्टी सरकारमै थियो
मन्त्रीपरिषदको आकस्मिक बैठक बस्यो
शहीद धोषणा गरिदियो मलाई
अनि तपाई ?

म शुक्रराज शास्त्री
ए भद्रकाली अगाडि धुलो जमेका
पाँच सालीक मध्ये एउटा तपाईको पनि
हो शायद
एउटै पार्टीमा रहेछौ भेट्दै गरौँला ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?