न्युजिल्याण्डमा भइरहेको १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेको छ । क्राइस्टचर्चमा भएको सेमिफाइनलमा भारतले पाकिस्तानलाई २०३ रनले हराएको हो ।
पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २७२ रन बनायो । उसका लागि शुभमान गिलले ९४ बलमा १०२ रन बनाए ।
यस्तै कप्तान पृथ्वी शाले ४१, मनजोत कालरााले ४७ तथा अनुकूल रायले ३३ रन बनाए । पाकिस्तानका मोहम्मद मूसाले चार, अरशद इकबालले तीन तथा शाहीन शाह अफरिदीले एक विकेट लिए ।
२७३ रनको लक्ष्य लिएर मैदानमा भएको पाकिस्तानले खराब प्रदर्शन गर्दै २९ ओभर ३ बलमा सबै विकेट गुमाएर मात्रै ६९ रन बनायो । उसका लागि रुहाइल नाजिरले १८, साद खानले १५ तथा मोहम्मद मूसाले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका इशान पोरलले ६ ओभरमा १७ रन खर्चेर चार विकेट लिए । यस्तै शिवा सिंह र रियान पराग दुई दुई विकेट लिए । अभिषेक शर्मा र अनुकूल रायले एक एक विकेट लिए । अब ३ फेब्रुअरीमा हुने फाइनलमा भारतले उपाधिका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै
लोकप्रिय






































































































































































































