बैतडी – ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्।
मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिए।
घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट एक्कासी आएको ढुंगाले सोमबार बेलुका राजुको घटनास्थलमै मृत्यु भएको हो भने राजुका श्रीमान घाइते भएका छन्।
सोमबार बेलुका ५ बजेतिर ढुंगाले च्यापिएकी राजुको शव राति ८ बजेमात्रै स्थानीयको सहयोगमा निकालिएको हो।
महरा दम्पती सोमबार घर निर्माणका लागि ढुंगा निकालिरहेका बताइएको छ।