देश सञ्चार
माघ १६, २०७४
अ
+
अ
अ
-
काठमाडौं– काठमाडौंमा आइतबार मध्यरातमा भएको सेक्युरिटी गार्डको हत्यामा सहकर्मीको हात रहेको खुलासा भएको छ।
सेक्युरिटी गार्ड तुलबहादुर तामाङको हत्यामा अर्का सेक्युरिटी गार्ड राजन थापा क्षेत्रीको संलग्नता रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
उनीहरु दुवै एउटै ठाउँमा काम गर्थे।
पालो मिलाउने क्रममा विवाद हुँदा मकवानपुर चित्लाङ घर भएका राजनले ५३ वर्षिय तामाङको टाउकोमा ढुंगा प्रहार गरेका थिए।
तामाङले प्राय हेप्ने गरेका कारण राजन रिसाएको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय







































































































































































































