काठमाडाै- नेपालकी पुनम रावल भारतमा जारि इन्डिया अाेपन बक्सिङ च्याम्पियनसिपकाे सेमिफाइनल पुगेकी छिन्।
६४ केजी ताैल समूहमा मगलबार भएकाे प्रतिस्पर्धामा पुनमले ताजिकिस्तानकी खेलाडीलाइ हराइन्।
पुनम नेपाल अार्मी क्लबकी खेलाडी हुन्। यसअघि नेपाल अार्मीकै विमला श्रेष्ठ ५४ केजी ताैल समूहमा सेमिफाइनल पुगिसकेकी छिन्।
२३ देशका खेलाडीिकाे सहभागिता रहेकाे प्रतियाेगितामा नेपालमा १२ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

भर्खरै
लोकप्रिय






































































































































































































