
काठमाडौं- बानेश्वरको सडक, सवारी साधनको चाप त्यतिकै, सर्वसाधारण पनि आफ्नै सुरमा हिडिरहेका थिए, तर त्यहाँ एउटा अचम्मको दृश्य देखियो।
कांग्रेस नेताहरुले सडकमा बसेर जुत्ता पालिस गरिरहेका थिए। लहरै बसेका नेतासँगै कांग्रेसका युवा नेता चन्द्र भण्डारी, धनराज गुरुङ लगायतले एउटी युवतीको जुत्तामा पालिसका गरिहरेका थिए। उनलाई
तर किन? उनीहरुलाई सोध्दा जवाफ थियो ,’ जुत्ता पालिस अर्थात ‘देशको राजनीति शुद्ध पार्ने’ अर्थात जसरी सडकमा बसेर एउटा इमान्दार कामदारले जोसुकै मानिसको जुत्ताको फोहोर सफा गरेर टलक्क टल्काउँछ
त्यसरी नै राजनीतिको फोहोरलाई सफा गर्ने। ‘
सहीद दिवसको अवसरमा कांग्रेसका नेताहरुले यस्तो अभियान अन्तर्गत मंगलबार बुटुवाको जुत्ता सफा गरेका हुन्। कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाली राजनीति एकदमै फोहोरी भएकाले यसलाई जुत्ता सफा गरेजसरी नै सफा गर्नु पर्ने बताए। उनले भने, ‘ नेपाली राजनीति पुरै फोहोर भएको छ। त्यसकारण हामीले संकेतात्मक रुपमा सडकमा बसेर सर्वसाधारणको जुत्ता सफा गरेका हौ।’
यस्तै धनराज गुरुले पनि नेपालको राजनीतिले जनतालाई दुख दिएको र फोहोरी खेलको पमा अगुवाइ गरेकाले यसलाई सांकेतिक रुपमा विरोध गरिएको बताए।