
साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानबाट भएका उपलक्धी सार्वजनिक हुन थालेका छन् ।
अहिलेसम्म भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत आरोपितबाट जरिवाना तथा धरौटी बापट १०६.७ अर्ब अमेरिकी डलर राज्य कोषमा जम्मा भएको साउदी अरेबियामा महान्यायाधीवक्ताले बताएका छन् ।
भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत गएको नोभेम्बर ४ मा पक्राउ गरिएका ३८१ जनामध्ये अब ५६ जना नरबन्दमा रहेको महान्यायाधीवक्ता शेख साउदी अस–मुजिबले जानकारी दिए ।
उनले अहिले पनि नजरबन्दमा रहेका व्यक्तिको नाम सार्वजनिक नगरे पनि त्यसमा राजपरिवारका सदस्य, मन्त्री तथा व्यवसायी रहेको अनुमान छ । केही दिनअघि अर्बपति व्यवसायी राजकुमार अलवलीद बिन तलाल र अलवलीद अल–इब्राहिमलाई रिहा गरिएको थियो । दुवैजनाले आफूहरु निर्दोष रहेको बताएका थिए ।
साउदी अरेबियामा भ्रष्टाचार आरोपमा पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा
तर साउदी अरेबियाका अधिकारीले भने दुवैले आफ्नो गल्ति स्वीकार गरेको र रिहाइका लागि आवश्यक जरिवाना रकम बुझाएको बताएका छन् । यस्तै राजकुमार मितेब बिन अब्दुल्लाह पनि रिहा भएका छन् । उनी स्वर्गिय राजा अब्दुल्लाका छोरा हुन् ।