कोसेली महोत्सवमा डेढ करोड बढीको कारोबार

कोसेली महोत्सवमा डेढ करोड बढीको कारोबार
+
-

विराटनगर –विराटनगरमा आयोजित कोसेली महोत्सवको दोश्रो संस्करणमा एक करोड ५० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको उद्योग संगठन मोरङको महिला उद्यम समितिले जनाएकोछ ।

गत शुक्रबारदेखि मंगलबारसम्म सञ्चालित उक्त महोत्सवमा कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रलाई समेटिएको थियो । उक्त उद्यम समितिसँगै नेपाल युवा उद्यमी मञ्चले संयुक्त रुपमा महोत्सवको आयोजना गरेको हो ।

पूर्वको इलामदेखि जुम्लासम्मका उत्पादनलाई महोत्सवमा समेटिएको उद्यम समिति सल्लाहकार शिवा उपाध्यायले जानकारी दिइन् ।

‘महोत्सवले ठिकै प्रभाव छाड्ला भन्ने लागेको थियो, तर निकै राम्रो कारोबार गरेको छ’ उनी भन्छिन् । घरेलु महासंघ महिला उद्यम समिति सभापति समेत रहेकी उपाध्यायले यसप्रकारको कार्यक्रमले आफूलाई उत्साहित बनाएको बताइन् ।

महोत्सवमा १ सय २ वटा स्टलमा इलामको हरियो पत्ति चिया, अर्थोडोक्स चियादेखि जुम्लाको स्याउसम्मले प्राथमिकता पाएको थियो ।

त्यसैगरी अल्लोको कपडा, भुइँ स्याउ, हस्तकला, माटोबाट बनेका विभिन्न सामग्री, फलफूल तथा सब्जी, अगरबत्ती, खाद्यान्न तथा कस्मेटिक्सका सामग्रीले उल्लेख्य कारोबार गरेको बताइएकोछ । त्यसैगरी इलामको ध्यू, चिज, जाडोको कपडाले राम्रो स्थान पाएको थियो ।

पूर्वका विभिन्न स्थानबाट करिब ५० हजार बढी अवलोकनकर्ता महोत्सवमा सहभागिता जनाएको आयोजकको दाबी रहेकोछ ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’