अनुसन्धान भन्छ- अफगानिस्तानमा ७० प्रतिशत भूभागमा तालिबान सक्रिय

अनुसन्धान भन्छ- अफगानिस्तानमा ७० प्रतिशत भूभागमा तालिबान सक्रिय
+
-

काबुल-अमेरिकी नेतृत्वको फौजले परास्त गर्नका लागि अर्बौँ डलर खर्च गरेको तालिबान विद्रोही हाल अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको एउटा अनुसन्धानले देखाएको छ।

महिनौँ लगाएर गरिएको एक अध्ययनले सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेपछि तालिबान लडाकुको खतरा अथवा नियन्त्रणमा कसरी वृद्धि भएको छ भन्ने देखाएको छ।

अफगान सरकारले प्रतिवेदनको खण्डन गर्दै अधिकांश क्षेत्रमाथि आफ्नो नियन्त्रण रहेको जनाएको छ।

तर तालिबान र इस्लामिक स्टेट समूहले जिम्मेवारी दावी गरेका काबुल र अन्यत्र गरिएका हालैका आक्रमणमा कैयौँ मानिसले ज्यान गुमाएको अनुसन्धानले देखाएको छ।

अफगान अधिकारी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग वार्ताको कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन्। तर गत वर्ष ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना अनिश्चितकालका लागि रहने घोषणा गरेका थिए।

बीबीसीले गत अगष्ट २३ देखि नोभेम्बर २१ को बीचमा अफगानिस्तानका सबै जिल्लामा गरेको अनुसन्धानले त्यहाँको सुरक्षा अवस्थाको दुर्लभ तस्वीर बाहिर ल्याएको छ।

उक्त समयावधिभित्र लडाकुबाट गरिएका आक्रमणको बृहत् तस्वीर दिनका लागि बीबीसी संवाददाताहरूको एउटा सञ्जालले अफगानिस्तानकै सबै ३९९ जिल्लामा १२ सय जनाभन्दा बढी स्रोतसँग कुराकानी गरेको हो।

भेटेर वा टेलिफोनबाट ती स्रोतसँग कुरा गरिएको थियो र सबै सूचनाहरू कम्तीमा दुई अथवा ६ वटा स्रोतसँग पुष्टि गरिएको थियो।

कतिपय अवस्थामा बीबीसीका संवाददाताहरूले स्थितिबारे पुनः पुष्टि गर्नका निम्ति स्रोतलाई भेट्न दुर्गम क्षेत्रमा समेत पुगेका थिए।

करिब डेढ करोड अफगान नागरिक अर्थात् आधा जनसंख्या या त तालिबान नियन्त्रित क्षेत्रमा या उनीहरूको खुल्ला उपस्थिति रहेको र नियमितजसो आक्रमण गर्ने क्षेत्रमा बस्ने गरेको अनुसन्धानले देखाएको छ।

परम्परागत रूपमा दक्षिणी क्षेत्रमा पकड रहेको तालिबानले देशका पूर्वी, पश्चिमी र उत्तरी क्षेत्रमा नियन्त्रण विस्तार गरेको प्रष्ट देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?