ग्रहण स्नान गर्न गंगासागर पुगे श्रद्धालु

ग्रहण स्नान गर्न गंगासागर पुगे श्रद्धालु
+
-
जनकपुरधाम- जनकपुरको गंगासागरमा बुधबार बेलुकी ग्रहण नुहाउने भक्तजनहरुको भीड लागेको छ।
ग्रहण लागेको बेला स्नान गर्दा पुण्य हुने भन्दै श्रद्धालुहरु गंगासागर पुगे। ग्रहण लाग्ने समयमा दुईपटक स्नान गर्ने परम्परा छ। 
श्रद्धालु भक्तहजनहरुले ग्रहण लागेको समय र ग्रहण समाप्त ‘खग्रास’ भएपछि दुईपटक स्नान गरे।
ग्रहण स्नान गर्न गंगासागर पुगेका श्रद्धालुले भजनकिर्तन समेत गरेका छन्। बुधबार बेलुका गंगासागरमा भजन किर्तनसँगै ग्रहणदान लिने डोम समुदायका मान्छेहरुको समेत भीड देखियो।
ग्रहण लागेको बेला दलित समुदायका डोमहरुलाई अन्न, कपडा, पैसा दान गर्ने गरिन्छ। उक्त दान लिन डोम जातिका बालबालिका र वृद्धवृद्धाहरु गंगासागर पुगेका थिए।
बुधबार साँझ लागेको चन्द्रग्रहण १ सय ५२ सालपछिको अदभूत रहेको खगोलविदहरुले भनेका छन्।

सम्बन्धित समाचार…

कहाँ कस्तो देखियो चन्द्र ग्रहण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?