थ्री स्टार पाँचौपटक आहा रारा गोल्ड कपको फाइनलमा

थ्री स्टार पाँचौपटक आहा रारा गोल्ड कपको फाइनलमा
+
-

पोखरा- पाहुना टोली उत्तर बरिन्धरा क्लब बंगलादेशलाई हराउँदै रुस्लान थ्री स्टार १६ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

पहिलो सेमिफाइनल खेलमा थ्रीस्टारले बरिन्धरामाथि ५—० को फराकिलो जित निकाल्दै आहा राराको पाँचौपटक उपाधि नजिक पुगेको हो। यसअघि थ्री स्टारले चारै पटक उपाधि जितेको थियो।

१६ औं आहा राराको संस्करणमा पहिलो ह्याट्रिक गर्ने सौभाग्य भने थ्री स्टारका विश्वास श्रेष्ठले पाए।

उनी सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्। पहिलो हाफ हुनु पाँच मिनेट अघि थ्री स्टारले बरिन्धराको पोष्टमा गोल वर्षाउन शुरु गर्‍यो।

४१ औं मिनेटमा घरेलु मैदानमा पोखरेली खेलाडी विष्णु गुरुङको गोलबाट थ्री स्टारले गोलको खडेरी तोड्यो। बुद्ध चेम्जोङले सिक्सयार्ड बक्सभित्र दिएको पासलाई गुरुङले गोल गर्दै अग्रता दिलाए।

विश्वास श्रेष्ठको पासमा निराजन खड्काले ४५ औं मिनेटमा थ्री स्टारको लागि दोस्रो गोल गरे।

अर्को गोल भने ५ं१ मिनेटमा निराजन खड्काको पासमा विश्वासले गरे।

पहिलो हाफ ३—० ले अगाडि रहेको थ्रीस्टारले थप दुई गोल गर्न केही समय खर्चियो।

निराजन श्रेष्ठले मिलाइदिएको पासलाई विश्वासले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे।

निराजनकै पासमा विश्वासले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।

७५ औं मिनेटमा म्यान अफ दि म्यााच विश्वास श्रेष्ठले दिएको वान टच ‘वाल पास’ मा गोल गरेका थिए। बरिन्धराले थ्री स्टारको पोष्टमा गतिलो मुभ बनाउने अवसर नै खासै पाएन।

लाइनअपमा केवल १२ जनाको मात्रै नाम थियो। एक जना बैकल्पिक खेलाडी बेन्चमा थिए। दुई अफ्रिकन खेलाडीले सुदुरपश्चिमसँगको खेलमा रातो कार्ड खाँदै बाहिरिनु नै उनीहरुको लागि निकै दुर्भाग्य बन्यो। बिहीबारको दोस्रो सेमिफाइनल खेल धरान फुटबल क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’