म्यानचेस्टर सिटीको प्रभावशाली जित, लियो १५ अंकको अग्रता

म्यानचेस्टर सिटीको प्रभावशाली जित, लियो १५ अंकको अग्रता
+
-

इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले लिग अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै १५ अंकको अग्रता कामय गरेको छ ।

लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रोमलाई ३–० ले हराउँदै पेप गार्डिवलाकोटिम सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अग्रता १५ अंकमा पुर्‍याएको हो। युनाइटेड राति नै भएको खेलमा टोटनह्यामसँग २–० ले पराजित भयो ।

म्यानचेस्टर सिटीको जितमा फरनान्डिन्हो, केविन डी ब्राउन र सर्जियो अग्युरोले गोल गरे । १९ औँ मिनेटमा फरनान्डिन्होको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लियो । ६८ औँ मिनेटमा डी ब्राउनले अग्रता दोब्बर पारे । यस्तै ८९ औँ मिनेटमा अग्युरोले गोल गरेपछि सिटी ३–० ले विजयी भयो ।

जितपछि उसको २५ खेलबाट ६८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५३ अंक छ । पुछारमा रहेको वेष्ट ब्रोमको २० अंक मात्रै छ ।

लिग अन्तर्गत राति नै भएका खेलमा न्युक्यासल र बर्नली तथा साउथह्याम्पटन र ब्राइटनले समान १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै स्टोक सिटी र वाट्फोर्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?