ल्यारी नासर काण्ड : २६५ महिलामाथि यौन हिंसा

ल्यारी नासर काण्ड : २६५ महिलामाथि यौन हिंसा
+
-

अमेरिकाको ओलम्पिक जिमनास्टिक टिमका पूर्व डाक्टर ल्यारी नासरबाट २६५ जना महिलामाथि यौन हिंसा तथा यौन उत्पीडनको शिकार बनेको खुलेको छ ।

मिसिगनको अदालतका एक न्यायाधीशले अहिलेसम्म नासरबाट यौन हिंसामा पर्ने २६५ महिनाको पहिचान भएको बताएका हुन् ।

कम्तिमा ६५ जना पीडितले यो हप्ता अदालतमा बयान दिने तयारी गरेका छन् । गएको हप्ता ५४ वर्षका नासरमाथि ४० देखि १७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो । झण्डै १६० महिनासँगको बयानपछि उनीमाथि यो सजाय सुनाइएको हो ।

नासरले न्यायाधीश समक्ष माफी माग्ने प्रयास गरेका थिए, तर न्यायाधीशले ल्यारीले बाँकी जिन्दगी अँध्यारोमै कटाउनु पर्ने भन्दै उनको माफी प्रयास खारेज गरे ।

ओलम्पिक खेलाडीसहित ल्यारीले धेरै महिलामाथि यौन हिंसा गरेको पाइएको हो । ५४ वर्षका ल्यारीलाई यसअघि नै बालबालिकोको अश्लित सामग्री बनाएको आरोपमा ६० वर्षको जेल सजाय सुनाइएको थियो ।

ल्यारीको मुद्धामा सजाय सुनाउँदै न्यायाधीश रोजमेरी अकिलिनाले भनेकी थिइन् ‘सर्भाइवर महिलका कुरा सुन्दा मलाई जति सम्मानको महसुस भएको थियो त्यति नै आनन्द तपाईंलाई सजाय सुनाउँदा भएको छ । किनकी सर, तपाईं लेजको पर्खाल भन्दा बाहिर आउन लायक हुनुहुन्न ।’

सजाय सुनाउँदै न्यायाधीश अकिलिनाले भनेकी थिइन् ‘भर्खरै मैले तपाईंको मृत्यु वारेन्टमा हस्ताक्षर गरेँ ।’

न्यायाधीशले भनिन्–मैले तपाईंको मृत्यु वारेन्टमा हस्ताक्षर गरेँ

नासरको यौन उत्पीडनमा परेका मध्ये एकजना १३ वर्ष भन्दा कम उमेरको रहेको र अरु दुई किशोरी १५ वा १६ वर्षका रहेको पनि खुलेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’