सोमबारसम्म मतदान स्थलमा पुग्न कांग्रेसको निर्देशन

+
-

काठमाडौं – नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रियसभा चुनावका लागि आफ्ना पार्टीका मतदातालाई सोमबारभित्र मतदान स्थलमा पुग्न निर्देशन दिएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबारभित्र आफ्नो मतदानस्थलमा पुगिसक्न निर्देशन दिइएको जानकारी दिए ।

कांग्रेसले राष्ट्रियसभा चुनावमा प्रदेशसभाका सदस्य र स्थानीय तहका नगरपालिकाका प्रमुख एवं उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई जहाँ भए पनि २२ गतेसम्म मतदानस्थलमा पुग्न निर्देशन दिएको हो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश तथा विदेश जहाँ रहनु भएको भएता पनि २२ गते भित्र आफ्नो प्रदेशको मतदान स्थलमा उपस्थित हुनुहुन, पार्टी एवं राष्ट्रिय सभाका उम्मेदवारहरुसँग निरन्तर सम्पर्कमा रहिरहनुहुन र २४ गते आ–आफ्नो प्रदेशको मतदान स्थलमा हुने राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित भई पार्टीको आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्नु हुन नेपाली कांग्रेस निर्देशन गर्दछ ।’

राष्ट्रियसभा चुनावमा स्थानीय तहका प्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थपना गरेर तयारी पूरा भइसकेको जनाएको छ ।

राष्ट्रियसभाको चुनाव एक संक्रमणीय निर्वाचन प्रणालीअनुसार हुँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?