आफ्नै सहकर्मीको ज्यान लिने पाँच जना जेल चलान

+
-

धुन्चे, रसुवा- उत्तरगया गाउँपालिकाको गोगनेभिर सडकमा ज्यान मारेको अभियोगअन्तर्गत पाँच जना अभियुक्तलाई कारागार चलान गरिएको छ।

रसुवा जिल्ला अदालतले दिएको जानकारीअनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा कपिलवस्तु जिल्ला शिवराज नपा–११ घर भई हाल अप्पर त्रिशूली १ विद्युत् आयोजनामा काम गर्ने देवराज घर्तीमगर, दिलमान घर्तीमगर, दीपेन्द्रपुन मगर, कुलमान बुढामगर र सुशील गिरी छन्।

उनीहरुको समूहले गत पुस महिनाको २४ गते आफ्नै साथी कामदार प्यूठान जिल्ला बाजीकाकोट–२ बस्ने ४० वर्षीय उदयमहत क्षेत्रीलाई फलामको औजारले हिर्काइ मारेको अनुसन्धानबाट खुलेपछि हदैसम्मको सजायका लागि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत ती पाँचै जना अभियुक्तलाई जिल्ला अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी प्रमुख शरदकुमार थापाक्षेत्रीले बताए।

रसुवा जिल्लाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेघावाट जलविद्युत् आयोजनाको एरियाभित्र भएको घटनाको अनुसन्धान पुष्टि गर्न केन्द्रबाट विशेषज्ञ झिकाइ पोलिग्राफ उपकरण प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ।  (रासस)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?