जनकपुरधाम: आइतबार हुने २ नम्बर प्रदेशसभाको बैठकको लागि राष्ट्रिय जनता पार्टीले आन्तरिक छलफल गरेको छ। शनिबार जनकपुरको सिद्धार्थ होटलमा बसेको राजपाका सांसदहरुको बैठकले आइतबार बस्ने पहिलो बैठक सञ्चालनका लागि पार्टीका तर्फबाट गर्नुपर्ने तयारी गरेको हो।
बैठकले पार्टीका तर्फबाट जितेन्द्र सोनलले सम्बोधन गर्ने निर्णय गरेको छ।
बैठकले प्रदेशसभा बैठक सञ्चालनको कार्याव्यवस्था समितिमा राजपाबाट मनिषकुमार सुमन र सुरिता साह, प्रदेशसभा सञ्चालन नियमावली निर्माणका लागि नरेश राय, डिम्पल झा र रमेश पटेललाई सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठक सञ्चालनको अध्यक्ष मण्डलका लागि नवलकिशोर साहलाई पठाउने निर्णय भएको सांसद मनिष सुमनले जानकारी दिए। २ नम्बर प्रदेशसभामा राजपाबाट २५ जना सांसद छन्।
शनिबारको बैठकमा संसदीय दलको नेता चयनबारे छलफल नै नभएको सांसदहरुले जनाएका छन्। राजपाको संसदीय दलको नेता वा सभामुखको उम्मेदवारका रुपमा जितेन्द्र सोनल, रामनरेश यादव र मनिष सुमनको नाम चर्चामा छ। संसदीय दलको बैठक आइतबार पनि बस्नेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































