पोखरा- पोखरामा शनिवार सम्पन्न १६ औँ आहा रारा गोल्ड कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
क्लब प्रतिस्पर्धी टिम थ्री स्टार क्लबलाई १- ० गोलले हराउँदै विजयी बनेको हो।
पुलिस क्लबको तर्फबाट जर्सी नम्बर १८ का राम वजीले खेलको अतिरिक्त समयको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो। जितसँगै विजेता पुलिस क्लबले नगद सात लाख रुपैयाँ प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। उपविजेता थ्री स्टार क्लबले नगद तीन लाख एकाउन्न हजार रुपैयाँ प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































