सरस्वती प्रतीक्षाको ‘रिस उमार्ने उपन्यास’

सरस्वती प्रतीक्षाको ‘रिस उमार्ने उपन्यास’
+
-

काठमाडौं- नेपाली साहित्यमा कविको रुपमा स्थापित सरस्वती प्रतीक्षा आफ्नो पहिलो उपन्यास लिएर आएकी छिन्। शनिवार प्रज्ञाप्रतिष्ठानको डबलीमा उनको उपन्यास ‘नथिया’को विमोचन भयो। वादी आन्दोलनकी नायिका एवं प्रदेश नं. ७ की सांसद उमा वादीले उपन्यासको विमोचन गरिन्।

भव्य समारोहमा आकर्षक मञ्चमा उभिएर सांसद वादीले नथिया वादी समुदायको कथा–व्यथा र संघर्षको इतिहास भन्ने पुस्तक भएको बताइन्। उनले भनिन्, ‘यो उपन्यास वादी समुदायको गीता हो।’ जीवनमै पहिलो पटक मञ्चमा उभिएको बताउँदै उमा वादीले वादी समुदायको कथालाई किताबको रुपमा ल्याइदिएकोमा लेखकलाई धन्यवाद समेत दिइन्।

उपन्यासबारे टिप्पणी गर्दैै पत्रकार एवम् उपन्यासकार नारायण वाग्लेले नथिया टिठ जगाउने भन्दा पनि रिस उमार्ने पुस्तक भएको बताए। ‘पुरुषसँग सत्ता र शक्ति दुवै छ। तर, महिलासँग त्यो भन्दा ठूलो अस्त्र कथा छ’, सामाजिक सञ्जालमा सुरु भएको महिला आन्दोलन ह्यासट्याग मिटुसँग सन्दर्भ जोड्दै वाग्लेले भने, ‘नथियाले त्यही कथा भन्ने आन्दोलनको सुरुवात गर्छ।’ उनले उपन्यासले महिलाप्रति सिम्प्याथी भन्दा पनि इम्प्याथी बढाउने दावी गरे। ‘यो उपन्यासले पुरुष संरचनामा महिला के एउटा शरीर मात्र हो त भन्ने प्रश्न गर्न बाध्य गराउँछ’, वाग्लेले भने।

सरस्वतीकार्यक्रमकी अर्की वक्ता पत्रकार एवं सुचना आयुक्त यशोदा तिम्सिनाले उपन्यास पढ्दै गर्दा त्यसको कथाको शक्तिले पटक–पटक रोकिन बाध्य भएको अनुभव सुनाइन्। ‘नथिया वादी महिलाको आँसु र रगत, त्यो क्षेत्रका सानातिना राजाहरुको वीर्य र लेखकको आँसुको मिश्रण हो’, तिम्सिनाले भनिन्।

लेखक सरस्वती प्रतिक्षाले उपन्यास लेखनको गर्भकथा सुनाउँदै १० वर्षको प्रसव वेदना पछि उपन्यासको जन्म भएको बताइन्। ‘दुई वर्षसम्म वादी समुदायमा स्थलगत अनुसन्धान गरेर त्यहाँको संस्कृति, त्यहाँ भएको राजनीतिलाई किताबमा उतारेकी छु अब जिम्मा पाठकको’, प्रतीक्षाले आफ्नो लेखन अनुभव सुनाइन्। उनले नथियामा ०३५ सालदेखि ०४७ सालसम्मको वादी समुदायको कथा समेटिएको बताइन्।

कार्यक्रममा फिल्म निर्देशक दीपेन्द्र के खनालले नथियामा आधारित रहेर फिल्म बनाउने घोषणा समेत गरे। ‘डिएस डिजीटल’ र ‘भुपेन्द्र खड्का प्रोडक्सन’ले फिल्म निर्माण गर्ने उनले बताए।

कार्यक्रममा स्वागत गर्दै बुक हिल प्रकाशनका अध्यक्ष भुपेन्द्र खड्काले गतिलो कथाले बुनिएको राम्रो उपन्यास प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गरे। बुकहिलले प्रकाशन गरेको उपन्यासको मूल्य हार्ड कभरमा ५२५ र ब्याकपेपरमा ४२५ रुपैयाँ राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?