बुढासुब्बा गोल्डकप: पूर्वविजेता मनाङ पहिलो खेलबाटै बाहिर

बुढासुब्बा गोल्डकप: पूर्वविजेता मनाङ पहिलो खेलबाटै बाहिर
+
-

विराटनगर- मनाङ मर्स्याङ्दी क्लबलाई एक शून्यले स्तब्ध बनाउँदै काठमाडौंको संकटा क्लब बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान रंगशालामा शनिबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमै पराजित हुँदै पूर्व विजेता मनाङ बुढासुब्बा गोल्डकपको २० औं संस्करणबाट बाहिरिएको छ। धरान रंगशाला पुनर्निर्माणपछि पहिलोपटक आयोजित प्रतियोगिताको पहिलो हाफ रोमान्चक बनेको थियो।

साविक उपविजेता टोली संकटाले मनाङलाई पहिलो हाफमा निकै दबाबमा राखेको थियो। यद्धपि संकटाका लागि खेलको ७५ औं मिनेटमा अर्नेष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो। संकटाको जितमा निर्णायक बनेका अर्नेष्टलाई धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाले म्यान अफ दि म्याचले पुरस्कृत गरेका थिए। जित हात पारेको संकटाले सेमिफाइनलमा नेपाल पुलिस क्लब र झापाको के.एफ.टी.सी ११ बीचको विजयी टोलीसँग बुधबार स्पर्धा गर्नेछ।

प्रतियोगिता उद्घाटनसँगै सांस्कृतिक कार्यक्रम राखिएका कारण खेल निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिलो गरी सुरु भएको थियो। यसका कारण खेल ८० मिनेटमा सीमित गरिएको राष्ट्रिय रेफ्री मदन काफ्लेले जानकारी दिए। प्रतियोगिता अन्तर्गत आइतबार समूह बी मा रहेको भारतको दुर्गापुरी स्टिल क्लबले आयोजक धरान फुटबल क्लबको सामना गर्नेछ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’