
इंग्लिस प्रियिमर लिग फुटबलको लिडर म्यानचेस्टर सिटी लिग अन्तर्गत शिनबार राति भएको खेलमा बराबरीमा रोकिएको छ ।
यो सिजन निकै राम्रो प्रदर्शन गर्दै आएको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी अवे मैदानमा भएको खेलमा बर्नलीसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा अग्रता लिएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा सिटी बराबरीमा रोकिएको हो । २२ औँ मिननेटमा डानिलोको गोलबाट सिटीले अग्रता लिएको थियो । तर ८२ औँ मिनेटमा बर्नलीका लागि बेर्ग गुड्मुण्डसनले बराबरी गोल फर्काए ।
रहिम स्ट्रर्लिङ गोल गर्ने सुन्दर मौकामा चुकेका कारण सिटी जितबाट वञ्चित बन्यो । तर प्रशिक्षक गार्डिवलाले भने त्यस्तो नरहेको बताएका छन् ।
बराबरीपछि लिडर सिटीको २६ खेलबाट ६९ अंक भएको छ । उ दोस्रो स्थानको युनाइटेड भन्दा १३ अंकले अघि छ । सातौँ स्थानको बर्नलीको ३६ अंक भएको छ ।
राति नै भएका अरु खेलमा बोर्नमाउथले स्टोक सिटीलाई २–१ तथा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई ३–२ ले हरायो ।