रामसीको ह्याट्रिक, आर्सनलको शानदार जित

रामसीको ह्याट्रिक, आर्सनलको शानदार जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनलले एभर्टनलाई ५–१ ले हराएको हो ।

विन्टर विण्डोमा आर्सनल आएका पिएर एमरिकले आर्सनलबाट डेब्यु खेलमा गोल गरे । यस्तै आरोन रामसीले पहिलो ह्याट्रिक गरे । यस्तै लोरेन्ट कोसिएल्नीले आर्सनलका लागि थप एक गोल गरे । एभर्टनका लागि क्लाभर्ट लेविनले एक गोल फर्काए ।

रामसीले ६, १९ र ७४ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । त्यसअघि कोसिएल्नीले १४ औँ मिनेटमा गोल गरे भने एमरिकले ३७ औँ मिनेटमा गोल गरे ।

एभर्टनका लागि ६४ औँ मिनेटमा लेविनले गोल गरेका हुन् । जितपछि छैटौँ स्थानको आर्सनलको २६ खेलबाट ४५ अंक भएको छ । अर्को खेलमा ब्राइटनले वेष्ट ह्यामलाई ३–१ ले हरायो । यस्तै लेस्टर सिटी र स्वान्सी सिटीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’