
धनगढी – प्रदेश नम्बर ७ को प्रदेशसभाको पहिलो बैठक आइतबार जिल्ला समन्वय समितिको सभा हलमा दिउँसो १ बजे बस्दैछ ।
बैठकमा सहभागी हुन कैलालीसहित कञ्चनपुर, डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङ बाट प्रदेशसभा सदस्य धनगढी आइपुगेका छन् ।
शुक्रबार बसेको सर्वदलीय बैठकले अधिवेशनको कार्यसूचि तयार पारेबमोजिम बैठकको सुरुमा प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले बैठकको अध्यक्षता गर्नेछिन् ।
प्रदेशसभामा चार दलका तर्फबाट प्रतिनिधित्व गर्ने एक–एक जना सांसद बोल्ने छन् भने सभामुख र उपसभामुखको चुनावको मिति ताकिने छ।
प्रदेश नम्बर ७ मा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा गरी चार पार्टीका ५३ जना प्रदेश सभा सदस्य छन् ।
सम्बन्धित समाचारहरु…