काठमाडौं – धनुषा, नवलपरासी र बाँकेमा भएका दुघएटनामा चारजनाको ज्यान गएको छ ।
धनुषाको नजकपुर उपमहानगरपालिका–१४ मुजेलियामा गिट्टी लिएर ढल्केबरबाट महोत्तरीका लागि छुटेको ना ७ ख ३२२६ नम्बरको ट्रिपर शनिबार राति ११ बजे बाटोको छेउमा पल्टिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।
ज्यान गुमाउनेमा धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ का ट्रिपर चालक उदयकुमार ठाकुर र सहयोगी मिथिला नगरपालिका–२ नक्टाझिझका १८ वर्षे सञ्जय पासवान रहेका छन् ।
यस्तै नवलपरासीको देवचुली नगरपालिका–१६ रजहरमा नम्बर नखुलेको गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ । अन्दाजी १८ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
यसैगरी बाँकेको राप्ती सोनारीमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । राप्ती सोनारी–९ मा ना ४ ख ६०५४ नम्बरको बसको ठक्करबाट पैदल यात्री ५५ वर्षका कुलबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचारहरु…