प्रदेश नं २ : शहीदको तस्बिर नराखेको भन्दै बैठक केहीबेर अवरुद्ध

प्रदेश नं २ : शहीदको तस्बिर नराखेको भन्दै बैठक केहीबेर अवरुद्ध
+
-

जनकपुरधाम – प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठकमा शहीदको तस्बिर नराखेको भन्दै विवाद भएको छ । विवादका कारण बैठक केहीबेर अवरुद्ध भएको छ ।

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमा मधेस आन्दोलनका शहीदको फोटो नराखिएको प्रति सदस्यले हल्ला मचाउँदा बैठक केही बेर अवरुद्ध भयो ।

बैठक सुरु हुनासाथ राजपाका सांसदले मधेस आन्दोलनका शहीदका तस्बिर नराखेको भन्दै आपत्ति जनाउँदै प्रदेशसभाको बैठक अवरुद्ध गरेका थिए । पहिलो बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका शहीदको फोटो राख्न माग गर्दै विरोध गरेका थिए ।

‘सभामुखको आसन अगाडि जनआन्दोलनका शहीदको तस्बिर राखिएको छ तर त्यहाँ मधेस आन्दोलनका सहिदको तस्बिर किन राखिएन’ भन्दै सुमनले आपत्ति जनाए ।

लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सदस्यहरु आआफ्नो स्थानबाट उठे ।
एमाले र मधेस केन्द्रित दलको वेग्लावेग्लै विरोधले संसद बैठकको प्रारम्भमै हंगामा हुने संकेत दियो ।

तर जेष्ठ सदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्बिर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’