जनकपुरधाम- प्रदेश २ को पहिलो बैठकमा नेकपा एमालेका दुई जना सांसदले सम्बोधन गरेका छन् । प्रदेशसभामा उपस्थित प्रत्येक दलका एक/एक जना सांसदले सम्बोधन गरे पनि नेकपा एमालेका प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल र शत्रुधन महतोले सम्बोधन गरेका छन्।
ठूलो दलको हैसियतले संघीय समाजवादी फोरम नेपालका सांसद लालबाबु राउतले १६ मिनेट, राजपा नेपालका सांसद जितेन्द्र सोननले १४ मिनेट, नेकपा एमालेका सत्यनारायण मण्डलले ५ र शत्रुधन मतोले ५ गरी १० मिनेट बोलेका थिए। सुरुमा सत्यनारायण मण्डलले सम्बोधन गरे भने सभाको अन्तिममा शत्रुघन महतोले सम्बोधन गरे।
यसैगरी नेपाली काँग्रेसका रामसरोज यादवले ९ मिनेट, नेकपा माओवादी केन्द्रका प्रभु साहले ५ मिनेट र संघी फोरम नेपालका सावित्री देवीले ४ र स्वतन्त्रले १ मिनेट बोलेका थिए ।
प्रदेश नं. २ मा प्रदेशसभा पहिलो बैठकबाट सभामुखको निर्वाचन आगामी फागुन २ गते हुने भएको छ।
आइतबार जनकपुरधाम स्थित शैक्षिक तालिम केन्द्रमा भएको प्रदेश नं. २ को पशिलो सम्पन्न प्रदेशसभाको बैठकले आगामी फाल्गुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो।
आइतबारको बैठकमा जेष्ठ सदस्यका आधारमा एमालेका सांसद लगन लाल चौधरीले सभामुखको भुमिकामा आगामी माघ २९ गते बस्ने प्रदेशसभाको बैठकबाट आकांक्षी दलका नेताहरुले प्रदेश अधिवेशनको विस्तृत खाका र निर्वाचन सम्बन्धमा प्रत्येक दलबाट सभामुखको निर्वाचन सम्बन्धमा सूची जारी हुने जानकारी गराए ।
पहिलो प्रदेशसभाको बैठकमा संघीय समाजवादी फोरम नेपालका विजय राउत, राष्ट्रिय जनता पार्टी नेपालका महासचिव तथा सांसद जितेन्द्र सोनल, नेकपा एमालेका सत्यनारायण मण्डल, शत्रुधन महतो, नेकपा माओवादी केन्द्रका भरत प्रसाद साह, संघीय फोरम नेपालका सावित्री देवी र स्वतन्त्रबाट जितेका शेख अब्दुल कलाम अजादले प्रदेशसभालाई शान्त, समृद्ध, विकसित, अधिकार सम्प्नन बनाउनु पर्नेमा जोड दिएका थिए ।
पहिलो संसदसभा सम्बोधनको क्रममा नेताहरुले प्रदेश नं. २ लाई सम्बृद्ध बनाउन मधेसमा रहेको अशिक्षा, गरिबी जस्ता समस्यालाई अन्त्य गर्दै कृषिको देशमै ठुलो सम्भावना बोकेको प्रदेशलाई कृषि उन्नति बढाएर समृद्ध बनाउनु पर्नेमा जोड दिए ।
सुरुमै केही बेर अवरुद्ध भयो बैठक
आइतबार प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ मधेश केन्द्रित दलले संसद नियामापत्ति जनाउँदै संसद अवरुद्ध गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुले पहिलो मधेश, दोश्रो र तेश्रो मधेस आन्दोलनका सहिदका फोटो भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए।
पहिलो बैठक सुरु भएको ५ मिनेट नबित्दै राजपा नेपालका सांससदरु मनिष कुमार सुमन, जितेन्द्र सोनल, डिम्पल झा, परमेश्वर साह सहितका सांसदहरुले मधेस आन्दोलनका शहिदहरुको फोटो राख्न माग गर्दै विरोध गर्दै उभिएर संसद सञ्चालनमा रोक लगाए।
पछि जेष्ठ सदस्य लगनलाल चौधरीले आगामी बैठकमा सम्पूर्ण शदिहरुको फोटो राख्ने प्रतिबद्धता गरेपछि पुनः संसद सुचारु भएको थियो।
प्रदेशसभा सांसद परमेश्वर साहले विरोध जनाउँदै भने, ‘लोकतान्त्रिक शहिदहरुको फोटो राख्ने अनि मधेश आन्दोलनका शहिदहरुको फोटो नराख्ने, कसैलाई काखा, कसैलाई पाखा गर्न पाइँदैन। लोकतान्त्रिक आन्दोलनका शहिदहरु शहिद हुने अनि मधेश आन्दोलनका शहिदहरु शहिद नहुने यो कस्तो परिपाटी हो ?’
यसरी संसद अवरुद्ध भइरहँदा नेपाली काँग्रेस र एमालेका सांसदहरु रामसरोज यादव र शत्रुघ्न महतो हाँसिरहेका थिए।
एमाले र मधेस केन्द्रित दलको बेग्लाबेग्लै विरोधले संसद बैठकको प्रारम्भमै हंगामा हुने संकेत दियो। तर, जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न रुलिङ गरेपछि होहल्ला शान्त भयो।
 
 

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































