पहिलो बैठकमा गुञ्जियो ‘५ नं. समृद्ध मोडेल प्रदेशको योजना’

पहिलो बैठकमा गुञ्जियो ‘५ नं. समृद्ध मोडेल प्रदेशको योजना’
+
-

बुटवल– ठिक १ बजे जनाउ घण्टी बजेपछि प्रदेश सांसदहरुको लाइन नै लाग्यो।

संसद भवनको प्रवेशद्वारमा बसेका मर्यादा पालकले नमस्कार गर्दै स्वागत गरे । संसद बैठकको अध्यक्षता ग्रहण गरेका जेष्ठ सदस्य वलदेव शर्मा पोख्रेलले संसदको कारवाही प्रारम्भ गरे। राष्ट्रिय गान र सहिदहरुप्रति मौन धारण पछि अघि बढेको संसद बैठकलाई संवोधन गर्ने पाँच जना सांसदहरुको जोड पाँच नम्वर प्रदेशलाई मोडेल प्रदेश वनाउने योजनाका साथ अघि बढ्नुपर्ने धारणाहरु वैठकमा गुञ्जियो।

ऐतिहासिक सभालाई सम्वोधन गर्ने राजनीतिक दलका प्रतिनिधिहरुले पाँच नम्बर प्रदेशलाई विकास र समृद्धिको नमूना प्रदेश बनाउन साझा एजेण्डा बन्नुपर्नेमा जोड दिए।

भावी मुख्यमन्त्रीका रुपमा प्रस्तावित नेकपा एमालेका संसदीय दलका नेता शंकर पोख्रेलले पाँच नम्वर प्रदेशलाई मिनी नेपालको रुपमा विकास गरिने बताए। ‘पाँच नम्बर प्रदेशमा विकास र समृद्धिका बलिया आधारहरु छन्। यो प्रदेशलाई ऐतिहासिक प्रदेश बनाउन सक्छौं। अधिकारको लडाइँ सकिएको छ। अब समृद्धिको लडाइँ सुरु गर्नुपर्छ।’

प्रदेशको संरचना शून्यबाट सुरु गर्नुपर्ने भन्दै उहाँले जनताको खुसीसँग जोडेर समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले चुनौतीहरु चिर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने वताए। साथै उनले पाँच नम्वर प्रदेश लाई मोडेल प्रदेशको रुपमा विकास गर्न सकिने प्रसस्त आधारहरु रहेको विवरणहरु प्रस्तुत गरे। साथै उनले अस्थायी केन्द्र अपायक स्थानमा तोकिएको र प्रदेश सभाले सवैको भावना अनुसार स्थायी केन्द्र तोक्नेमा विश्वास ब्यक्त गरे। ‘अपायक स्थानमा अस्थायी केन्द्र तोकिएको छ, सवैको भावना समेट्नेगरी प्रदेश केन्द्र तोक्न एकता र सहमतीको माध्यमवाट अघि वढ्नुपर्छ’, उनले भने, ‘पाँच नम्वर प्रदेशलाई रोजगार युक्त प्रदेश, समृद्धिको प्रदेश, कृषि, पर्यटन र नमुना प्रदेश वनाउनुपर्ने दायित्व काँधमा आएको छ ।’

नेपाली काङ्ग्रेसका नेता विरबहादुर राणाले सामाजिक न्याय विना समानता सम्भव नभएको भन्दै समता मुलक समाज निर्माण गर्ने अभियानमा सहमति, सहकार्य र एकताको माध्यमवाट अघि वढ्नुपर्ने आवश्यकता औंल्याए। ‘हुकुम र हुंकार होइन, विधि र प्रकृयावाट अघि वढ्नु नै संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म हो,’ राणाले भने, ‘यो प्रदेशलाई जोड घटाउ गरेर होइन समझदारीवाट अघि वढ्नुपर्छ।’

संघीय समाजवादी फोरम नेपालका नेता सहस्रराम यादवले प्रदेश नम्वर पाँचलाई समृद्ध प्रदेश वनाउन प्राकृतिक स्रोत साधनको उपयोगवाट वनाउन सकिने वताए। ‘कृषि क्षेत्र र पर्यटन विकासवाट समृद्ध प्रदेश वनाउन सकिन्छ’, उनले भने, ‘प्रदेशका जुनसुकै समस्याहरुको समाधान छलफल र सहकार्यवाट समाधान गर्नुपर्छ।’ राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले यो प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न सकिने बताइन्।

पहीलो बैठक भएकाले राजनीतिक विषयभन्दा बढी बधाई र शुभकामनाका विषयले प्रवेश पाएको थियो। पाँच नं. प्रदेशको आगामी वैठक फागुन २ गते १ बजेका लागि तोकिएको छ। उक्त बैठकले सभामुखको चयन गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?