पहिलो पेनाल्टीमा चुके, अर्को पेनाल्टीमा केनको गोल

पहिलो पेनाल्टीमा चुके, अर्को पेनाल्टीमा केनको गोल
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले लिभरपुलसँग २–२ को बराबरी खेलेको छ ।

अवे मैदानमा भएको खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्याम पहिलो हाफमा पछि परेको थियो । तेस्रो मिनेटमा नै मोहम्मद सालहले जर्गेन क्लोप्पको टिम लिभरपुलका लागि गोल गर्दै सुरुवाति अग्रता दिलाए ।

८० औँ मिनेटमा भिक्टर वानयामाले टोटनह्यामका लागि बराबरी गोल फर्काए । त्यसपछि टोटनह्यामले पेनाल्टीको अवसर पाएको थियो ।

तर त्यसमा ह्यारी केन चुके, गोल गर्न सकेनन् । उनले प्रिमियर लिगमा आफ्नो एक सयौँ खेलमा पाएको पेनाल्टीमा पनि गोल गर्न सकेनन् ।

त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली लिभरपुललाई जित नजिक लगे । तर इन्जुरी समयको पाँचौँ मिनेटमा टोटनह्यामले फेरि पेनाल्टी पायो ।

त्यसअघिको पेनाल्टीमा चुकेका केनले यसपटक भने गोल गरे । टोटनह्याम हारबाट जोगियो, महत्वपूर्ण एक अंक जोड्न सफल भयो ।

बराबरी पछि २६ खेलबाट ५१ अंकसहित लिभरपुल तेस्रो स्थानमा कायम छ । पाँचौँ स्थानको टोटनह्यामको २६ खेलबाट ४९ अंक भएको छ । राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र न्युक्यासलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?