नेपालगञ्ज औद्योगिक महानगर– प्रस्तावित मुख्यमन्त्री पोखरेल

नेपालगञ्ज औद्योगिक महानगर– प्रस्तावित मुख्यमन्त्री पोखरेल
+
-

नेपालगञ्ज – पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जलाई औद्योगिक महानगरको परिकल्पना गरिएको बताएका छन्।

प्रेस चौतारी, नेपालको २० औं स्थापना दिवसको अवसरमा नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा प्रस्तावित मुख्यमन्त्री पोखरेलले लुम्बिनी, राप्ती र भेरीलाई तीन वटा सेन्टरका रुपमा अघि बढाएर समुचित विकास गर्ने बताए। ‘तीन वटा महानगर बनाएर पाँच नम्बर प्रदेशको समुचित विकास गरिन्छ,’ पोखरेलले भने।

पोखरलले विगतदेखि नै नेपालगञ्जलाई औद्योगिक, दाङलाई प्रशासनिक र बुटवललाई पर्यटकीय महानगर बनाउने बताउँदै आएका छन्। सरकारले अहिले अपारदर्शी तरिकाले अस्थायी राजधानी तोक्दा जताततै विवाद देखिएको पोखरेलले बताए।

बाँकेलाई प्रदेशको राजधानी कायम गर्नुपर्ने भन्दै यहाँका राजनीतिक दलहरुले चरणबद्ध आन्दोलन गरिरहेका बेलामा नेपालगञ्ज आइपुगेका प्रस्तावित मुख्यमन्त्री पोखरेलले विषयगतसँगै परियोजनामुखी बहस चलाउन आग्रह गरे। ‘राजधानी बनाउनेलगायतका विषयगतसँगै परियोजनामा आधारित बहस गर्नुस्, यसले राजधानी भएपनि नभएपनि शहरको विकास अगाडि बढिरहन्छ,’ पोखरेलले सुझाव दिए।

नेपालगञ्जबाट ५, ६ र ७ नम्बर प्रदेशमा सहजै पहुँच भएकाले यसलाई औद्योगिक महानगर बनाएर अगाडि बढ्दा फाइदा हुने पोखरेलको भनाइ थियो । ‘सबैले राजधानी भएमात्रै शहरको विकास हुन्छ, नत्र पछाडि पर्छौ भन्ने सोच राख्ने हो भने त समुचित विकास हुनै सक्दैन, पोखरेलले घुमाउरो पारामा नेपालगञ्ज राजधानी हुन नसक्ने आशय राख्दै भने, समृद्धि भनेको राजधानी कायम हुनुमात्रै हो भन्ने मानसिकता त्याग्नु पर्छ ।’

प्रेस चौतारी, बाँकेका अध्यक्ष हेमन्त विकको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता महेश्वर गहतराज, एमालेका जिल्ला अध्यक्ष अशोक कोइरालालगायतले भौतिक पूर्वाधारयुक्त नेपालगञ्जलाई प्रदेशको राजधानी बनाउनु पर्नेमा जोड दिए। नेपालमा चलेको प्रादेशिक महोत्सवको ११ गते उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बाँकेलाई राजधानी बनाउन प्रयास गर्ने र हुन नसके यहाँ विभिन्न मन्त्रालय राख्न पहल गर्ने आश्वासन दिएका थिए।

ज्ञापनपत्र
बाँके राजधानी संघर्ष समितिले प्रस्तावित मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

समितिका संयोजक निरक गुरुङले विभिन्न दलका नेताहरुको उपस्थितिमा पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए ।

माघ ९ देखि २१ गतेसम्मको पहिलो चरणको आन्दोलन समापन गरेको समितिले मंगलबार नै बैठक बसेर कडाखालका आन्दोलन सार्वजनिक गर्ने रणनीति बनाएको छ । माओवादी केन्द्रका दामोदर आचार्य, ललित रौनियार, संघीय समाजवादी फोरमका कमरुद्दिन राई, राप्रपाका नरेन्द्र पौडेलले शासकले नेपालगञ्जलाई पछि पार्ने काम विगतदेखि नै गरेको स्मरण गराएका थिए ।

ज्ञापनपत्र बुझेपछि पोखरेलले सबैलाई मान्ने राजधानी बनाउन एउटा विज्ञको टोली खटाएर अनुसन्धान गर्ने र त्यसले बुझाएको प्रतिवेदनलाई जनप्रतिनिधिले मानेर जादा उपयुक्त हुने बताए । प्रदेशको राजधानी दुई तिहाईबाट कायम गरिने व्यवस्था छ । यो जटिल व्यवस्था हो । यसबाट निकास निस्किने संभावना छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?