द्वन्द्वकालीन दुई आयोगको म्याद एक वर्षका लागि थप

+
-

काठमाडौं – सरकारले द्वन्द्वकालीन घटनाको सत्य निरुपण र बेपत्ता व्यक्तिको छानबिन गर्न गठन गरिएको दुई आयोगको समयवधि थप गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समयावधि एक वर्ष थप गरेको हो ।

म्याद थप भएपछि दुवै आयोगका पदाधिकारीले खुशी व्यक्त गर्दै क्रियाशील भएर थप काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले रासससँग कुरा गर्दै सरकारले आवश्यक स्रोत साधन र ऐन संशोधन गरेमा काम गर्न सहज हुने बताए ।

पाठककाअनुसार आयोगले यही माघ १४ गते प्रधानमन्त्री शेरबहादुर देउवा, १५ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र १६ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी ऐन संशोधन र आवश्यक स्रोत साधनका बारेमा कुरा राखेपछि माघ १७ गते आयोगको समयअवधि थप गर्नका लागि पत्र पठाएको थियो ।

त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य मञ्चला झाले पीडितको काम नै नसकी आयोगलाई मर्न नदिनका लागि समय थप गर्न पत्र पठाइएको र समयावधि थप भएकोमा खुशी व्यक्त गरे ।

उनले आयोगले पहिलाको अवस्थामा काम गर्न नसक्ने उल्लेख गर्दै ऐन संशोधनका साथै राजनीतिक दल र आयोग दुवैको काम गर्ने इच्छा शक्ति बढाउनु जरुरी भएको बताए । आयोगले समयावधि थपका लागि आइतबार सरकारलाई पत्र पठाएको थियो ।

सरकारले अध्यायदेशमार्फत यही माघ ५ गते दुवै आयोगले आवश्यकता ठानेर कार्यावधि थप्न चाहेमा एक वर्ष थप्न सकिने गरी ऐन संशोधन गराएको थियो । सोही प्रक्रियाअनुसार दुवै आयोगले सरकारलाई समयावधि थपका लागि पत्र पठाएका थए ।

द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले तीन वर्षमा पनि आयोगले काम पूरा नगरेकोप्रति दुःख व्यक्त गर्दै सरकारले हालसम्मको प्रगति विवरण र भावी योजनाबिना नै आयोगको एक वर्ष अवधि थप गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

सरकारले के आधारमा दुई आयोगको समयावधि थप गरेको हो भन्ने कुराको पारदर्शीता र जवाफदेहीता सार्वजनिक गर्न उनले माग गरे ।

आयोगको यही माघ २६ गते थपिएको एक वर्षको समय पनि सकिन लागेको थियो । दुई वर्षका लागि गठन भएको आयोगको म्याद एक वर्षको थप गर्न सकिने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार थपिएको एक वर्ष म्याद पनि सकिएपछि सरकारले चौँथो वर्षका लागि समयावधि थप गरेको हो । रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?