पाँच नम्बर प्रदेशमा यसरी हुँदैछ राष्ट्रियसभा सदस्य निर्वाचन

पाँच नम्बर प्रदेशमा यसरी हुँदैछ राष्ट्रियसभा सदस्य निर्वाचन
+
-

दाङ – पाँच नम्बर प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मतदान स्थल घोराही स्थित कर्मचारी मिलन केन्द्रलाई तोकिएको छ । त्यहाँ दुईवटा मतदान केन्द्र रहने छ ।

एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्ने छन् ।

‘मतदानस्थल, मतगणनास्थलको छनौट, मतपत्र आइसकेको, सुरक्षा व्यवस्था लगायत सबै तयारी पूरा भएको छ’ मुख्य निर्बाचन अधिकृत हेमन्त रावलले भने ‘दुईवटै मतदान केन्द्रमा मतदान अधिकृत समेत तोकिसकेका छौं, प्रदेशसांसदले मतदान गर्ने केन्द्रको अधिकृतमा सरकारी वकिल चन्द्रबहादुर सिञ्जाली र स्थानीत तहका प्रमुख उपप्रमुख मतदाता रहेको केन्द्रमा जिल्ला शिक्षा कार्यालयका उपसचिब विनोद गौतमलाई खटाइएको छ ।’

पाँच नम्बर प्रदेशमा ३ सय ५ जना मतदाता छन् । ८ जना सदस्य निर्वाचित हुने यस चुनावमा ३ जना महिला यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन् । ५ जना निर्वाचित हुने अबको चुनाबमा ८ जना प्रतिस्पर्धी रहेका छन् ।

मतदातालाई पर्यटकीय क्षेत्र घुमाउने

घोराही उपमहानगरपालिकाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ को घोराहीमा आउने अतिथि एवं मतदातालाई विषेश स्वागत गर्दै नगर क्षेत्रको पर्यटकीय सम्पदाको अवलोकनको व्यवस्था मिलाएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख एवं अतिथिलाई स्वागत सम्मानका लागि गेट निर्माण, नगरका पर्यटकीय क्षेत्रहरुको भ्रमण र चुनावका दिन बिहानको भोजनको व्यवस्था गरिने नगर प्रमुख नरुलाल चौधरीले बताए । पर्यटकीय क्षेत्रहरु धारपानी, अम्बिकेश्वरी र बाह्रकुने दह क्षेत्रमा घुमाइने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?