विशेष अदालतमा छ महिनामा ५८ मुद्दा फछ्र्योट

विशेष अदालतमा छ महिनामा ५८ मुद्दा फछ्र्योट
+
-

काठमाडौँ-विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्योट हुने गरेको पाइएको छ।

तीन सय २० मुद्दामध्ये साउनयता छ महिनामा करिब ६० मुद्दा मात्र फछ्र्योट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए। उनका अनुसार गत आव २०७३/७४ का २३२ बाँकी र चालु आव २०७४/७५ का ८८ मुद्दामा ५८ वटा फछ्र्योट भएको हो।

अदालतका उपरजिष्ट्रारसमेत रहेका पोखरेलले अदातलमा यस वर्ष निर्वाचनको कारणले कम मात्र मुद्दा फछ्र्योट भएको बताए। ‘विशेष अदालतमा दायर हुने मुद्दाको प्रकृति पनि अलि गम्भीर प्रकारको हुन्छ’’ उनले भने, ‘एउटै मुद्दा फछ्र्योट गर्नका लागि धेरै दिन लाग्छ। त्यसैले मुद्दा फछ्र्योट गर्न ढिलाइ भएको हो।’ अदालतले गत पुस मसान्तसम्म ४९ र माघमा नौ मुद्दा मात्र फछ्र्योट गरेको हो ।

अदालतमा दुई वर्ष नाघेका १८, एक वर्ष छ महिनादेखि दुई वर्षसम्मका ४० र एक वर्ष ६ महिनासम्मका २०८ मुद्दा छन् । अदालतले सम्पत्ति शुद्धीकरण, राज्यविरुद्धका अपराध र भ्रष्टाचारसम्बन्धि मुद्दा मात्र हेर्ने गरेको छ। अहिले दुई इजलास रहेको विशेष अदालतमा अध्यक्ष बाबुराम रेग्मीसहित पाँच सदस्यले फैसला गर्ने गरेका छन् । विसं २०५९ मा स्थापित अदालतमा सरकारवादी मुद्दा मात्र दर्ता हुने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?