राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

+
-

कास्की-बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ४ मा सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि एक र प्रदेशसभा सदस्यका लागि एक गरी दुईवटा मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

उनका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी १७० जना मतदाता हनुहुन्छ भने प्रदेशसभा सदस्य ६० जना मतदाताका रुपमा रहेका छन्।

दुवै मतदान केन्द्रका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन कार्य भइसकेको उनले जानकारी दिए। मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगतै मतगणना शुरु हुने प्रमुख सुवेदीले जानकारी दिए।

यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कुल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक÷एक जना) रहेकोमा अपाङ्गतार्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचार

प्रदेश ६ मा राष्ट्रियसभाको निर्वाचनको तयारी पूरा

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’