पुरी मन्दिरमा ज्ञानेन्द्र शाहलाई राजाकै सम्मान

पुरी मन्दिरमा ज्ञानेन्द्र शाहलाई राजाकै सम्मान
+
-

काठमाडौँ- ज्ञानेन्द्रवीर बिक्रम शाहलाई नेपालका राजाहरुलाई दिइँदै आएको विशेष सम्मानको निरन्तरता स्वरुप भारतको उडिसा प्रान्तस्थित जगन्नाथपुरी मन्दिरमा विशेष पूजाका लागि आमन्त्रण गरिएको छ।

आगामी शुक्रबार बिहान पुरी मन्दिरको ‘रत्नवेदी’बाटै शाहले त्यहीँ जगन्नाथका रुपमा अवस्थित श्रीकृष्ण, उनका दाजु बलराम र बहिनी सुभद्राको विशेष आरती र पूजा गर्ने प्रमुख मन्दिर सञ्चालकले जानकारी दिएका छन्।

नेपाली राजाले मन्दिरमा कस्तुरी चढाउने परम्परा रहिआएको छ।

उक्त विशेष कार्यक्रमका लागि शुक्रबार बिहान ९:३० बजेदेखि सर्वसाधारणका लागि मन्दिर प्रवेशमा प्रशासनले रोक लगाएको छ।

बुधबारदेखि सुरु हुने ६ दिनको उडिसा बसाइमा पूर्वराजा शाहले जगन्नाथ पुरीसँगै साक्षीगोपाल र भुवनेश्वरस्थित लिंगराज मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। उनले यसअघि सन् २००३ मा जगन्नाथ पुरीमा विशेष पूजा गरेका थिए भने साक्षी गोपाल मन्दिरको दर्शन १५० वर्षपछि नेपाली राजसंस्थाका प्रतिनिधिबाट भएको आयोजकहरुले जानकारी दिएका छन्। सोमबार काठमाडौँबाट भारत प्रस्थान गरेका शाहले पहिलो दुई दिन कोलकातास्थित दक्षिणेश्वर, बेलुरमठ तथा अन्य तीर्थस्थल दर्शन र आफन्तहरुसँगको भेटघाटमा बिताएका छन्।

पुरीस्थित गोबर्द्धनमठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वतीको २५ अौँ पट्टाभिषेक समारोहका लागि विशेष अतिथिका रुपमा आमन्त्रित पूर्वराजा मुख्य समारोहमा सामेल हुनेछन्। प्रवासकै क्रममा श्रीमार्ग नामक संस्थाद्वारा स्थापित गौशालाको उद्घाटन र गौमाता मन्दिरको शिलान्याससमेत पूर्वराजाबाट हुने कार्यक्रम छ।

आदि शंकराचार्यद्वारा नवौँ शताब्दीमा स्थापित चार शंकराचार्य मठमध्ये गोबर्द्धन मठ अन्तर्गत नेपाल पनि पर्दछ।

बिक्रम संवत २०६३ मा नेपाल धर्मनिरपेक्ष र त्यसको दुई वर्षपछि गणतन्त्र घोषित गरिएपछि पुरीसँग टुटेको सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्ध ब्युत्याउनका लागि शाहको भूमिका महत्वपूर्ण हुने आयोजकहरुले दाबी गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?