विपक्षीको पोस्टमा गोलको वर्षा, दुवै हाफमा चार–चार गोल

विपक्षीको पोस्टमा गोलको वर्षा, दुवै हाफमा चार–चार गोल
+
-

एफए कप फुटबलको चौथो चरणको रिप्ले अन्तर्गत मंगलबार राति भएको खेलमा स्वान्सी सिटीले लिग टु क्लब नोट्स काउन्टीमाथि ८–१ को शानदार जित दर्ता गरेको छ ।

चौथो चरणको खेलमा बराबरी भएपछि रिप्ले भएको हो । तर मंगलबार राति भएको रिप्लेमा नोट्स काउन्टी निकै कमजोर देखियो । प्रिमियर लिग क्लब स्वान्सी सिटीले पहिलो हाफमा चार तथा दोस्रो हाफमा थप चार गोल गर्‍यो ।

नोट्स काउन्टीका लागि पहिलो हाफमा नुर हसिनले एक गोल गरे । स्वान्सीका लागि टमी अब्राहामले १८ र पहिलो हाफको इन्जुरी समयमा तथा नेथन डायरले २० र ३० औँ मिनेटमा गरी दुई दुई गोल गरे ।

यस्तै कायल नोग्हटनले ५३, वेन रुटलेजले ५७, टम क्यारोलले ६५ तथा ड्नियल जेम्सले ८२ औँ मिनेटमा एक एक गोल गरे । नोट्स काउन्टीका लागि ३५ औँ मिनेटमा नुर हसिनले एक गोल फर्काए । ८–१ को जितसँगै स्वान्सीले पाँचौँ चरणमा स्थान पक्का गरेको छ ।

यस्तै राति नै भएको खेलमा अतिरिक्त समयमा बरेमिङ्हम सिटीलाई ४–१ ले हराउँदै हडर्ल्सफिल्ड टाउनले पनि पाँचौँ चरणमा स्थान पक्का गरेको छ । यस्तै मिलवाललाई १–० ले हराएको रुचडेलले पनि पाँचौँ चरणमा स्थान पक्का गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?