मानिस सुतिरहेका थिए, शहर हल्लियो …

मानिस सुतिरहेका थिए, शहर हल्लियो …
+
-

ताइवानमा स्थानीय समय अनुसार मंगलबार राति ११ बजेर ५० मिनेटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण भत्केका घरमा फसेका लगभग सबैको उद्धार गरिएको सरकारी अधिकारीले बताएका छन्।

ताइवानको हुआलिन शहरको तटीय क्षेत्र केन्द्रविन्दु भएर नेपाली समय अनुसार मंगलबार राति ९ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको भूकम्पका कारण कम्तिमा दुईजनाको ज्यान गएको र दुई सय भन्दा बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ । भूकम्पका कारण हुआलिन शहरका धेरै भवनमा क्षति पुगेको छ । हुआलिन चर्चित पर्यटकीय गन्तव्य हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा भूकम्पका कारण ठूलो क्षति भएको देखिएको छ । तटीय क्षेत्रमा रहेको एक होटलको भवनमा आंशिक क्षति पुगेको र त्यहाँ धेरै मानिस फसेको अनुमान छ । उनीहरुको उद्धारका लागि प्रयास अहिले पनि भइरहेको छ ।

राति अधिकांश मानिस सुतिरहेका बेला भूकम्पले हुआलिन शहरका धेरै भवन हल्लिएका हुन् । हुआलिन चर्चित पर्यटकीय गन्तव्य हुनुका साथै एक लाख मानिसको बसोबास क्षेत्र पनि हो ।

भूकम्पपछि लगातार गएको परकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । ८ सय भन्दा बढी मानिसलाई सार्वजनिक आवसमा लगिएको छ ।

  • तस्बिर : इपिए, एएफपी, गेट्टी इमेज र रोयटर्स
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?