काठमाडौं – एमालेले ३ नम्बर प्रदेशले मुख्यमन्त्री एवं संसदीय दलको नेता सहमतिमा छनौट गर्न नसकेपछि चुनाव गर्ने भएको छ ।
केन्द्रले प्रदेशबाटै संसदीय दलको नेता तय गर्न अधिकार दिए पनि सहमित नजुटेपछि शुक्रबार काठमाडौंमा चुनाव हुने भएको हो । संसदीय दलको नेता नै स्वतः मुख्यमन्त्रीको उम्मेदवार हुनेछ । १ नम्बर प्रदेशको संसदीय दलको चुनाव पनि शुक्रबार नै तोकिएको छ ।
संसदीय दलको नेताका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् । शुक्रबार काठमाडौंमै संसदीय दलको नेताका लागि चुनाव गर्न लागिएको शाक्यले देश सञ्चारलाई जानकारी दिइन् ।
अर्का आकांक्षी पाण्डेले भने शुक्रबार संसदीय दलको नेताका लागि चुनावबारे अनभिज्ञता प्रकट गरे । एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।