प्रदेश ५ मा ३ सय ३ मत खस्‍यो, बेलुकादेखि मतगणना

+
-

दाङ–राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नम्बर ५ को दाङमा भएको मतदानमा ३ सय तीन मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८७ जना प्रदेश सांसद मध्य एक जना रुपन्देहीका राष्ट्रिय जनता पार्टीका विना पन्त र संघिय समाजबादी फोरम नेपालबाट निर्वा्चित बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष बनेका ईस्तियाक अहमद शाह मतदानमा अनुपस्थित थिए।

१२ जिल्ला रहेको प्रदेश नम्बर ५ मा ३ सय ५ जना मतदाता रहेका थिए।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सांसदको एक मत बराबर ४८ र स्थानिय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ।

यस्तै बुधबार बुलेकादेखि मतगणना सुरु गरि राति १० बजे सम्म मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यसअघि उम्मेदवारी मनोनयनपछि तीन जना महिलाहरु एमालेबाट कोमल वली, मीना बुढा र नेपाली कांग्रेसका अनिता देवकोटा निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्बन्धित समाचारहरु 

प्रदेश ६ मा एक सय ९८ मत खस्यो, तीन बजेपछि मतगणना

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’