
मोरङ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुनको दोश्रो सातासम्ममा मुलुकले नयाँ सरकार पाउने बताएका छन्।
विराटनगरमा बुधबार नेपाल प्रेस यूनियनले आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले भने, ‘सबैतहको निर्वाचन कार्य सम्पन्न भइसकेको छ। अब सरकार हस्तान्तरण प्रक्रियामा कुनै जटिलता छैन।’
प्रवक्ता शर्माका अनुसार, संविधानिक प्रक्रियाका कारण सत्ता हस्तान्तरण प्रक्रियामा केही ढिलाइ भएको हो।
सरकारले गरेको केही निर्णयको तीखो आलोचना भइरहेको सन्दर्भमा शमाले भने, पछिल्लो समय गरिएको निर्णयले मुलुकमा कुनै दूरगामी असर पर्दैन। अब आउने सरकारले राम्रो निर्णयलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता छ।
साक्षात्कारका क्रममा महासमिति बैठकबारेको राखिएको प्रश्नमा प्रवक्ता शर्माले भने, ‘केही समयमा केन्द्रीय कार्य समितिको बैठक बोलाएर कांग्रेसले महासमिति बैठकको मिति तोक्नेछ।
उनले भने, ‘गएको निर्वाचन कांग्रेसले भोगेको पराजयको आन्तरिक र दीर्घकालीन असर खोजेर पार्टीलाई नया ढंगवाट अगाडी वढाउनुपर्नेमा सबै एक हुनुपर्छ।