
धनगढी- प्रदेश नम्वर ७ मा राष्ट्रिय सभाको निर्वाचनको मत परिणाम सार्वजनिक गरिएको छ।
दुई सिटका लागि भएको मतदानमा दुवै सिटमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
दलित कोटामा नेपाली काग्रेसका शेरीराम पार्कीलाई पराजीत गर्दै नेकपा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका छन्। स्नेहीले ३ हजार ७ सय ८ मतभार पाएका छन्।
यस्तै अपाङ्ग तथा अल्पसंख्यकको कोटामा नेकपा माओवादी केन्द्रका महेश कुमार महरा विजयी भएका छन्। उनले नेपाली काग्रेसका छत्रराज जोशीलाई पराजीत गरेका हुन्। महराले पनि ३ हजार ७ सय ८ नै मतभार पाएका हुन्।
अन्य ६ जना भने यसअघि नै निर्विरोध निर्वाचीत भईसकेका छन्। राष्ट्रिय सभामा एक जना प्रदेश सभा सदस्य बराबर ४८ र एक जना स्थानीय तहका जनप्रतिनिधि बराबर १८ मत गणना गर्ने व्यवस्था रहेको छ।
२ सय २९ जना मतदातामध्ये कैलालीबाट राजपाका सांसद मालामती राना र कृष्ण चौधरीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गरेनन्।
बाँकी दुई सय २७ जनाले भने रााष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गरेका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।
सम्बन्धित समाचार