प्रदेश ६ मा वाम गठबन्धनका दुई विजयी

प्रदेश ६ मा वाम गठबन्धनका दुई विजयी
+
-

सुर्खेत बुधबार सम्पन्‍न भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. ६ मा वाम गठबन्धबाट दुई जना उम्मेदवारहरु विजयी भएका छन्। प्रदेश नं. ६ मा दलित सदस्यमा एमालेका नरपति लोवार र अपांग सदस्यमा माओवादी केन्द्रका जीवन बुढा विजयी भएका हुन्। लोवारले तीन हजार ६ सय ६६ मतभार प्राप्त गरेका छन्।

कालिकोट फुकोटका नरपति लोहार विस २०४७ सालमा एमाले पार्टीमा आवद्ध भएका थिए। उनले पञ्‍चायती व्यवस्था हुँदा २०४४ सालमा साविकको फुकोट गाविसको उप–प्रधानपञ्‍चको जिम्मेवारी सम्हालेका थिए। एमालेमा रहेर निरन्तर राजनीति गरेका उनले २०५४ सालमा वडा अध्यक्ष भएका थिए।

उनले हालसम्म चार पटक नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, उत्पीडित जाति मुक्ति समाजको जिल्ला सदस्यदेखि संयोजक भएर दलितका क्षेत्रमा काम गरेका छन् । जातीय विभेद विरुद्ध लड्दै आएका नरपति छुवाछुत अन्त्यका लागि लड्ने अभियान्ताका रुपमा चिनिएको बताउँछन्। द्वन्द्वकालमा आठ वर्ष भारत बसेका उनले राष्ट्रिय सभा निर्वाचनमा विजयी भएपछि नेपाली जनताका लागि काम गर्ने जनाएका छन्।

नरपतिका प्रतिद्धन्दी कांग्रेसका मित्रलाल सार्की नौ सय ६० मतभार ल्याएर पराजित भएका छन । सामान्य सार्की परिवारमा जन्मिएका सार्की सल्यानको क्षेत्रश्वरी गाउँपालिका–६ संखमुलका हुन्। यसैबीच, अपांग सदस्य कोटाबाट उम्मेदवारी दिएका बुढाले तीन हजार सात सय २० मतभार प्राप्त गरेका छन्।

उनी विस २०५२ सालमा माओवादीमा पार्टीमा आवद्ध भएका थिए । माओवादीमा गाउँ कमिटी, इलाका हुँदै छापामार दल हुँदै माओवादीको सेनाको जिम्मेवारी सम्हालेका उनले बताए । द्वन्द्वताका उनले जनमुक्ति सेवाको प्लाटन कमाण्डर, लिड कमाण्डर, डिभिजन कमाण्डर पदमा समेत पुगेका थिए । सेना समायोजन पछि उनी पोलिटव्यूरो सदस्य भएर राजनीतिक जीवन विताइरहेका छन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका गोपालप्रसाद शर्मा भने नौं सय ७८ मतभार प्राप्त गरी पराजित पराजित भएका छन् । उनले विस २०४९ सालमा रुकुमको चौरजारी नगरपालिका (साविकको खोलागाउँ गाउँविकास समिति) को अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनले २०४७ सालबाट राजनीति शुरु गरेका हुन्।

आठ पदका लागि भएको निर्वाचनमा जम्मा १२ जनाले उम्मेदवारी दिएका छन् । ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ। हाल मतगणना जारी रहेको निर्वाचन अधिकारी सुनिता थापाले बताइन्।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष