राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान -आयोग

राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान -आयोग
+
-

काठमाडौँ-६ वटा प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार बिहान १० बजे देखि ३ बजेसम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

कूल ५६ सदस्यीय राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं २ का आठै सदस्य निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्न परेन ।

छवटै प्रदेशमा रहेका जम्मा एक हजार ६७७ जना मतदातामध्ये एक हजार ६६९ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका र जम्मा आठ जना अनुपस्थित रहेको आयोगले जनाएको छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी दुई हजार ५६ मतदाता रहेका थिए ।

त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ जना मतदातामा प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य ५५० जना मतदातामा प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीन जना निर्वाचित हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?