विराट कोहलीको शानदार प्रदर्शन, भारतसँग दक्षिण अफ्रिका १२४ रनले हार्‍यो

विराट कोहलीको शानदार प्रदर्शन, भारतसँग दक्षिण अफ्रिका १२४ रनले हार्‍यो
+
-

तेस्रो एक दिवसीय क्रिकेटमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई १२४ रनले हराएको छ । केपटाउनमा बुधबार बेलुका भएको खेलमा भारतले जित निकाल्दै ६ एक दिवसीय क्रिकेट शृङ्खलामा ३–० को अग्रता लिएको छ ।

भारतले यसअघिका दुई खेलमा जित निकालेको थियो । बुधबार बेलुका भएको खेलमा भारतलाई जिताउन कप्तान विराट कोहलीको शानदार भूमिका रह्यो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ३०३ रन बनायो । कप्तान कोहलीले १५९ बलमा १२ चौका र दुई छक्काको मद्दतमा नटआउट १६० रन बनाए । यस्तै शिखर धवनले ६३ बलमा १२ चौकाको मद्दतमा ७६ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका जेपी डुमिनीले दुई विकेट लिए । ३०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४० ओभरमा सबै विकेट गुमाएर १७९ रनमा समेटियो ।

उसका लागि जेपी डुमिनीले ५१ तथा एके माक्र्रामले ३२ रनको योगदान दिए । भारतका युजवेन्द्र चहल र कुलदीप यादवले समान चार चार विकेट लिए । यस्तै जसप्रित बुमराहले दुई विकेट लिए ।

सम्बन्धित समाचार 

कोहलीको शतक तर भारत पछाडि

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’