
विपक्षी खेलाडीको संवेदनशील अंक (गुप्तांग) समात्ने खेलाडीलाई क्लबले जरिवाना तिराएको छ ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीबाट लोनमा डच क्लब भिटेस अ्रनहेम (एसबिभी) गएका म्याट मियाज्गाले डच लिग अन्तर्गत गएको जनवरी २० मा भएको खेलको क्रममा हेरेभेनका डेन्जल डमफ्रिसको ग्रोइन (गुप्तांग रहेको भाग) मा समातेका थिए ।
१–१ को बराबरी भएको खेलको क्रममा एसबिभीका टिम माटेभ्जले डेन्जल डमफ्रिसलाई नै कुहिनाले हिर्काएका थिए । त्यसका लागि एसबिभीले माटेभ्जलाई जरिवाना तिराएको छ भने डच फुटबल एसोसिएसनले उनीमाथि चार खेलको प्रतिबन्ध लगाएको छ ।
डेन्जलको ग्रोइन समातेका अमेरिकी खेलाडी म्याट सन् २०१६ को जनवरीमा न्युयोर्क रेड बल्सबाट ३५ लाख पाउण्डमा चेल्सी आएका थिए । चेल्सीबाट दुई खेल खेलेपछि उनी लोनमा एसबिभी गएका हुन् । उनले गुप्तांग जोडले समातेपछि डेन्जल पीडाले अत्तालिएका थिए ।