
अ
+
अ
अ
-
काठमाडौँ- हचुवाका भरमा शहीद घोषणा गर्दा सरकार आफैैंँले आधिकारिक तथ्यांक राख्न नसकेको तथ्य खुलेको छ।
सरकार नै पिच्छे पटक पटक शहीद घोषपणा हुँदा त्यसको विवरण राख्ने गृहमन्त्रालयसँग नै देशमा कति शहीद भए भन्ने आधिकारिक विवरण नभएको पाइएको हो।
शहीदहरुको सम्मान र सम्झानमा काठमाडौंको गोकर्णेश्वर नगरपातिको जगडोलमा निर्माणाधिन राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) व्यवस्थापन समितिले शहीदको विवरण उपलब्ध गराइ दिन गृहमन्त्रालयलाई आग्रह गरे पनि आफैंसँग तथ्यांक नभएकाले जवाफ पठाउन सकेको छैन । व्यवस्थापन समितिले माघ ६ गते पत्र लेखे पनि आधिकारिक विवरणको अभावमा पत्र गृहमन्त्रालयको विभिन्न शाखामा घुमिरहेको छ । गृह स्रोतले देशसञ्चारसँग भन्यो, ‘समितिको पत्र आएको छ । तर, उहाँहरुले मागेअनुसारको विवरण नहुँदा जवाफ पठाउन सकेका छैनौं ।’
सरकारले जगडोलमा ६ सय ५० रोपनी जग्गामा सहिदहरुको स्मारक बनाइ रहेको छ । त्यहाँ विभिन्न समयमा घोषणा भएका शहीदको विवरण राख्ने सरकारको तयारी छ ।
गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विभिन्न समयमा सरकारले गरेको निर्णय हेदै सहिदको सूची एकीकृत गर्ने काम भइरहेको बताए ।
केही दिनअघि मात्रै पनि सरकारले द्धन्द्धकालमा मारिएका सरकारी कर्मचारीलाई एक मुष्ट शहीद घोषणा गरेको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकारले सशस्त्र विद्रोहका बेला मारिएका ६ हजारभन्दा बढी लडाकुलाई पनि शहीद घोषणा गरेका थियो ।
सम्बन्धित समाचार