मेनपावर नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

+
-

सप्तरी- जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ ।

वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् ।

डाक्नेश्वरी नगरपालिकाका कुशेश्वर मुखियाले मलेसियामा राम्रो काम र तलबको अवसर आएको भन्दै प्रलोभनमा पारेपछि खड्कपुर नगरपालिकाका दिलीपकुमार दासले उनलाई दुई वर्षअघि रु एक लाख ५० हजार दिए।

विदेश जाने भन्दै पटक/पटक काठामाडौँ पनि पुगे। स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पूरा गरेपनि उहाँको विदेश जाने मेलो भने मिलेन । पछि एजेण्टले मलेसियाको भएन, कतार पठाइदिन्छु भन्दै उनलाई झुलाइरह्यो । पछिल्लो डेढ वर्षदेखि एजेण्ट मुखिया सम्पर्कमा आउन छोडेको दास बताए।

उनले भने, ‘डेढ वर्षदेखि उसको फोन पनि लाग्दैन, भेट पनि भएको छैन । उसको श्रीमतीले समेत दुई वर्षदेखि श्रीमान्सँग भेट भएको छैन भन्छिन् ।” उनीजस्तै सुन्दर दाससँग पनि उनै मुखियाले मलेसिया पठाउने भन्दै रु एक लाख ५० हजार लिएका छन् ।

विदेश जानका लागि काठमाडौँमा आएर स्वास्थ्य परीक्षण गर्दा दास अनुतीर्ण हुनुभयो । एक महिना औषधि खाएर अर्को पटक जाँच गर्दा उत्तीर्ण होइन्छ भन्दै एजेण्ट मुखियाले उहाँलाई गाउँमा पठाए । त्यसपछि औषधि खाएर स्वास्थ्य परीक्षण गर्न खोज्दा पनि एजेण्ट मुखियासँग भेट हुन सकेको छैन । नत उनले रु डेढ लाख रकम फिर्ता पाउन सकेका छन्।

रुपनी गाउँपालिका–६ वनपोखरीका अनिल यादव र उहाँका भाइ राम दयाल यादवलाई स्थानीय खेरबबानाका एजेण्ट मोहम्मद उस्मान मियाले रु एक लाख ४५ हजारका दरले रु दुई लाख ९० हजार लिएर मलेसिया पठाए । उहाँलाई अल्मुनियमको झ्याल ढोका बनाउने काम भनिए पनि मलेसिया पुगिसकेपछि फलाम काट्ने काममा लगाइयो । वैशाख २८ गते मलेसिया गएका उहाँहरु भनेअनुसारको काम नपाएपछि जेठ २९ गते नेपाल फर्किनुभयो । फर्कदा थप रु एक लाखभन्दा बढी रकम तिर्नुपर्‍यो ।

आफूहरुलाई पठाउने कलंकीस्थित खोजी मेनपावरमा गएर कुरा गर्दा पैसा जसलाई दिएको हो त्यहीसँग माग्नु भन्दै उनीहरुलाई फिर्ता पठाइयो । एजेण्ट मियालाई भेट्दा अर्को ठाउँमा पठाइदिन्छु थप रु ५० हजारका दरले रकम तिर्नुपर्ने भने । उहाँहरुले विदेश नजाने भन्दै पहिले जाँदा लागेको रकम फिर्ता दिन आग्रह गरे।

एजेण्ट मियाले त्यसपछि उनीहरुको फोन उठाउनै छाडे । अहिले सम्पर्ककमै छैनन् । सय कडा तीन ब्याज तिर्ने गरी ऋण लिएका उहाँहरुले ब्याज र साँवाले चेप्दै लगेको छ ।

यस्तै रुपनीकै जीतेन्द्र यादवले विदेश जाने भन्दै गत वैशाखमा रु एक लाख ५० हजार उस्मान मिया र आनन्द चौधरीलाई दिनुभयो । पछि घरायसी कारणले उहाँले नजाने बताएपछि रु ४९ हजार फिर्ता पाउनुभयो भने बाँकी रु एक लाख एक हजार अझै फिर्ता पाउनुभएको छैन ।

यी त भए प्रतिनिधि घटनामात्रै । जिल्लाबाट जाने प्रायः सबैले काठमाडौँ आउनु अघि नै एजेण्टलाई रकम दिने गरेका छन् । यसरी रकम दिँदा उनीहरुले कुनै कानूनी कागज गर्ने गरेका छैनन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ विशेष गरी मधेशी समुदायका व्यक्तिले विदेश जाँदा मेनपावरलाई भन्दा स्थानीय एजेण्टलाई बढी विश्वास मान्ने गरेको बताउँछन्।

उनले भने, ‘भाषाका कारण पनि होला, उनीहरुले गाउँघरतिरकै एजेण्टलाई पत्याउँछन् । हामीले पैसा माग्दा दिँदैनन्, एजेण्टलाइनै दिन्छु भन्छन्।’ नचिनेको मेनपावरका मान्छेभन्दा केही भइहालेमा स्थानीय एजेण्टसँग रकम उठाउन सजिलो हुन्छ भन्ने मनोविज्ञानले पनि काम गरिरहेको उनको भनाइ छ। सुरक्षित आप्रवास परियोजना (सामी)का जिल्ला संयोजक रामप्रवेश मण्डलले एजेण्ट गाउँघरकै हुने र पुरानो चिनजान हुने भएकाले विश्वासका कारण उसैलाई रकम दिने गरेको पाइएको बताए।

एजेण्टले पनि शुरुदेखि नै रकम आफैँलाई दिनुपर्छ भन्दै कामदारलाई फकाउने गरेको भेटिएको मण्डल बताउँछन्। यसरी विचौलियकासँग आर्थिक कारोबार गर्दा कानूनीरुपमा कामदार कमजोर बनिरहेको हुन्छ । कानूनीरुपमा कागज नगरेकै कारण उसले आफूले दिएको रकम फिर्ता पाउने सम्भावना न्यून रहन्छ ।

आफूले बुझाएको रकमको कागज गरेर मात्रै कामदारले मेनपावरलाई रकम बुझाउनुपर्ने सन्देश प्रवाहलाई सशक्तरुपमा पुर्‍याउन आवश्यक छ। सो व्यवहार कार्यान्वयनमा आउनसकेमा वैदेशिक रोजगारीसम्बन्धी ठगीका आधाभन्दा बढी समसया समाधान हुन सक्छन । कामदारलाई भोलि कुनै समस्या परेमा सहजै क्षतिपूर्ति र उद्धार हुनसक्ने सरोकारवाला बताउँछन्। रासस/किरण भट्टराई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?