कंडेल एमाले संसदीय दलको नेता

कंडेल एमाले संसदीय दलको नेता
+
-

सुर्खेत-नेकपा एमाले प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा यामलाल कंडेल चयन भएका छन्।

सुर्खेत क्षेत्र नं. २ (क) बाट निर्वाचित कंडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन्।

यसअघि एमाले नेता प्रकाश ज्वालाले पनि संसदीय दलको नेतामा दावी गरेपनि आजको बैठकबाट सहमति जुटेको हो।

एमाले प्रदेश नम्बर ६ का सह–संयोजकसमेत रहेका कंडेल मुख्यमन्त्रीको दावेदार थिए। तर, प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाएपछि उनी सभामुख बन्ने चर्चामा थिए।

पोलिटव्यूरो सदस्यसमेत रहेका कंडेलले प्रदेश सभामुख पदमा भने आफ्नो दावी नरहेको बताएका छन्।

विहीबार वीरेन्द्रनगरमा बसेको संसदीय दलको दोस्रो बैठकबाट कंडेल सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।

मुख्यमन्त्री नपाएपछि प्रदेश ६ मा बहुमत नजिक पुगेको एमालेले सभामुख र मन्त्रीमा चित्त बुझाउनुपर्नेछ । प्रदेश नम्बर ६ मा संसदीय दलको नेता चयन गर्ने एमाले पहिलो हो।

अन्य दलहरुले केही दिनमा संसदीय दलको नेता टुङ्गो लगाउने बताएका छन्।

संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारीको चर्चा छ भने नेपाली कांग्रेसबाट जीवनबहादुर शाही र दिलबन्दु श्रेष्ठ आकांक्षी छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?