ठूला नेतालाई चित्तबुझ्दो स्थान दिएर मात्रै पार्टी एकता- नेपाल

ठूला नेतालाई चित्तबुझ्दो स्थान दिएर मात्रै पार्टी एकता- नेपाल
+
-

धनगढी- नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकीकरणका लागि माओवादी र एमालेका ठूला नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्‍नेमा गृहकार्य भइरहेको बताएका छन्।

बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले दुबै पार्टीका ठूला नेताहरुको व्यवस्थापनको गृहकार्य भइरहेको बताए।

‘एमाले माओवादी दुवै पार्टीमा ठूला नेता छन्, पार्टीमा रहेका ठूला साना सबै नेताहरुको व्यवस्थापनका लागि गृहकार्य चलिरहेको छ,’ नेता नेपालले भने।

उनले दुवै पार्टीका नेताहरुलाई चित्तबुझ्दो स्थान दिएर मात्रै पार्टी एकता गर्नुपर्ने भएकोले कसरी एकीकरण गर्ने भन्‍ने विषयमा छलफल चलिरहेको बताउँदै पार्टी एकतापछि मात्रै सरकार गठनको काम हुने जिकिर गरे।

यस्तै टीकापुरमा बिहीबारबाट सुरु भएको सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अब बन्‍ने सरकारले कृषिलाई नेपालको अर्थतन्त्रको आधार बनाउने दाबी गरे।

नेपालको अर्थतन्त्रको जग कृषि भएकोले कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण अब बन्ने सरकारले गर्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?