काठमान्डाै- तीन साताअघि कमलादीको ल्याण्डमार्क होटल एन्ड अपार्टमेन्टमा भएको सामूहिक बलात्कार घटनामा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएको भन्दै उनीहरुलाइ हदैसम्मकाे कारबाही गर्न सिफारिस भएकाे छ।
काठमान्डाै प्रहरी परिसर प्रवक्ता रामदत्त जाेशीकाे सयाेजकत्वमा गठित छानबिन समितीले दरबारमार्ग प्रहरी वृतका डीएसपी तिलक भारती, प्रहरी निरिक्षक लक्ष्मण ठकुरी र नायब निरिक्षक चन्द्र भन्डारीलाइ हदैसम्म कारबाही गर्न सिफारिस गरेकाे हाे।
बलात्कारकाे मिलापत्रमा तीनै जना प्रहरीकाे संलग्नता रहेकाे छानबिन समितीकाे निष्कर्श छ। यसैगरी अावश्यक परे प्रहरीविरुद्ध जबर्जस्ती करणीमा समेत मुद्धा चलाउन सकिने उल्लेख छ।
समितिको विज्ञप्तिमा भनिएको छ– तीनै जना उपर हदैसम्मको कडाभन्दा कडा कारबाहीको सिफारिस समेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानुन बमोजिम कारबाही समेत अघि बढी जाने।’
डिएसपी तिलम भारतीलाई वृत्तबाट हटाएर कडा कारबाही गर्न सिफारिस गरिएको छ। मिलापत्रमा संलग्न डिएसपी भारतीलाई वृत्तबाट हटाइएको छ भने इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन्।
गत माघ ७ गते प्रेमी शैलेस कार्कीसँग होटलमा गएकी २० वर्षीया युवतीलाई चार जनाले बलात्कार गरेका थिए। घटनामा संलग्न कार्कीसहित विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेल फरार छन्।
सम्बन्धित समाचार

भर्खरै
लोकप्रिय






































































































































































































