बंगलादेशका पूर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

बंगलादेशका पूर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय
+
-

ढाका- बङ्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ ।

भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो।

कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन्।

अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ। बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भने, ‘उहाँ (खालिदा जिया)लाई बिहीबार नै जेलमा लगिनेछ।’

उनले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताए। खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो। सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेको थियो।

जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफु र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?