बार्सिलोनाको कीर्तिमानी जित, कीर्तिमानी मूल्यका कोन्टिन्होको पहिलो गोल

बार्सिलोनाको कीर्तिमानी जित, कीर्तिमानी मूल्यका कोन्टिन्होको पहिलो गोल
+
-

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अवे मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले हराउँदै समग्रमा ३–० को जितसहित साबिक विजेता बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको हो ।

पहिलो लेगमा १–० ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा पनि जित निकाल्दै लगातार पाँचौँ सिजन कोपा डेल रेको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

बार्सिलोनाको जितमा क्लबकोक कीर्तिमानी मूल्य १४२ मिलियन पाउण्डमा गएको जनवरीमा आएका फिलिप कोन्टिन्होले गोल गरे । उनले बार्सिलोनाबाट पहिलो गोल गरेका हुन् ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको हो । ४९ औँ मिनेटमा कोन्टिन्होले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । उनले बार्सिलोनाबाट पाँचौँ खेलमा पहिलो गोल गरेका हुन् ।

८२ औँ मिनेटमा इभान रेकिटिकले गोल गर्दै २–० को जित दिलाए । बार्सिलोनाले फाइनलमा सेभिल्लासँग प्रतिस्पर्धा गर्नेछ । लेगानेसलाई समग्रमा ३–१ ले हराउँदै सेभिल्लाले फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल आउँदो अप्रिल २१ मा हुनेछ । सेभिल्ला सन् २०१६ मा फाइनलमा बार्सिलोनासँगै हारेको थियो । बार्सिलोनाले भने सन् २०१४ मा रियल मड्रिडसँग पराजित भएपछिका तीन वर्ष लगातार उपाधि जितेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?